अस्ट्रेलियाको ७ सहरमा हुने ‘धमाका २०७९’मा को को आउँदैछन, कलाकार ?

नेपालआईज
१५ असार २०७९ १०:२३

काठमाडौँ   ब्रोडकास्टिंग कर्पोंरेशन (केविसी) अस्ट्रेलियाको आयोजनामा आगामी जुलाईको २२ तारिखदेखि अगष्टको ७ तारिखसम्म अस्ट्रेलियाका विभिन्न ७ सहरहरूमा आयोजना गर्न लागिएको धमाका २०७९ को आयोजना हुँदै छ ।  
नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा, नेपाली सङ्गीत आकाशकी चर्चित गायिका रचना रिमाल, हाँस्यव्यंग्य विधामा आफ्नै छुट्टै पहिचान बनाउन सफल सुवोध गौतम र काकु चरित्र मार्फत हाँस्यविधामा अमिट छाप छोड्न सफल दीपक आचार्यले यो अष्ट्रेलियाव्यापी साङ्गीतिक कार्यक्रममा आफ्ना प्रस्तुति दिनुहुनेछ । 

गायिका रचना रिमाल पहिलो पटक अस्ट्रेलियामा साङ्गीतिक कार्यक्रम प्रस्तुतिका लागि जाँदै हुनुहुन्छ । गायक पशुपति शर्माले कैयौँ पटक अस्ट्रेलियाका दर्जनौं सहरमा आफ्नो प्रस्ततिले यहाँका दर्शकमाझ अमिट छाप छोडिसक्नुभएको छ भने सुुवोध गौतम र दीपक आचार्यले पनि यसअघि अस्ट्रेलियामा आफ्नो हाँस्यव्यंग्य प्रस्तुतिले त्यहाँका दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको छ ।  अस्ट्रेलियाको पर्थ, तास्मानियाको लन्चेष्टन, मेलबर्न, ब्रिसबेन, सिड्नी, राजधानी क्यानबेरा र एडिलेडमा हुन लागेको यो साङ्गीतिक प्रस्तुति तीजको पूर्व सन्ध्यामा समेत परेका कारणले यसलाई केही सहरहरूमा तीज धमाका २०७९ को रूपमा पनि सञ्चालन गरिनेछ ।

कार्यक्रमलाई केविसी अस्ट्रेलियाले स्थानीय नेपाली सामुदायिक सङ्घसंस्था र इभेन्ट अर्गनाईजरहरुसँगको सहकार्यमा धमाका २०७९ गर्न लागेको हो । पर्थमा वी केयर नेपालले आयोजना गर्दै छ । मेलबर्नमा गुल्मी समाज, केइसी समाज लगायतले आयोजना गर्नेछन् भने एडिलेडमा गिरिश ईभेन्टसले कार्यक्रम आयोजना गर्नेछ । अष्ट्रेलियाव्यापी यो साङ्गीतिक भ्रमणलाई नेपाल र अस्ट्रेलियामा शैक्षिक परामर्श प्रदान गरिरहेको ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज र मेलबर्न स्थित   ब्लूबेरी रियलस्टेटले प्रायोजन गरेका छन् ।

यससँगै स्थानीय सहरहरूमा अन्य नेपालीहरूले सञ्चालन गरेका विभिन्न व्यवसायहरु पनि यो अभियानमा जोडिँदैछन् ।  केविसी अस्ट्रेलियाले आफ्नो सामुदायिक दायित्वलाई बहन गर्दै यस पटकको यो कन्सर्टमध्ये ब्रिसबेनको कन्सर्टबाट प्राप्त हुने सबै रकमलाई त्यहाँ नेपाली समूदायले बनाउन लागेको बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ । ब्रिसबेनको कार्यक्रम मुख्यतः यही सांस्कृतिक केन्द्र बनाउने अभियानको फन्डरेजिंगका रूपमा मनोरञ्जनात्मक कार्यक्रमकाबीच सञ्चालन गरिने केविसीले जानकारी दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर