अस्ट्रेलियाली राजदुतद्वारा पोखरास्थित हरियो खर्क अस्पताललाई अक्सिजन प्लाण्ट हस्तान्तरण

अस्ट्रेलियाली  राजदुतद्वारा पोखरास्थित हरियो खर्क अस्पताललाई अक्सिजन प्लाण्ट हस्तान्तरण
नेपालआईज
२८ असार २०७९ ३:२६

काठमाडौं । अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्क, गण्डकी प्रदेश स्वास्थ्य सचिव डा श्रीराम तिवारी र ईण्टरनेशनल नेपाल फेलोशीप नेपालका (आईएनएफ नेपाल) अध्यक्ष राम चन्द्र टिमोथीले पोखरास्थित हरियो खर्क अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लाण्टको संयुक्त रुपमा  सोमवार उद्घाटन गर्नुभयो । सो प्लाण्ट अष्ट्रेलियाली सरकारले, आईएनएफ नेपालसंगको सहकार्यमा नेरु एक करोड चौध लाखको लागतमा स्थापना गरिएको हो । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत भोल्कले भन्नुभयो, “यो अक्सिजन प्लाण्टको हस्तान्तरण नेपालमा आईएनएफको कार्यसञ्चालनको सत्तरी बर्षको उत्सव संगै भईरहेको छ । आईएनएफले नेपालमा ग्रामिण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग प्रदान गर्ने र सामाजिक समावेशीतालाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।”

“कोभिड-१९ माहामारीले स्वास्थ्य प्रणालीमा धेरै चाप परेको हामील देखेका छौ । अष्ट्रेलियाली सरकारको कोभिड-१९ डेभलपमेण्ट रेस्पोन्स प्लान अन्तर्गत स्थापित यो प्लाण्टले यो अस्पतालको स्वास्थ्य सेवा सबल बनाउने छ र यो अष्ट्रेलिया र नेपालको छ दशक भन्दा लामो मित्रताको प्रतिकको रुपमा रहनेछ ।

सन् २०२१को जुनमा, अष्ट्रेलियाली सराकारले आईएनएफ नेपाल लागएतका गैह्र सरकारी संस्थाहरुलाई नेपालको  कोभिड-१९ विरुद्द लड्ने क्षमता अभिवृद्दि गर्न र अस्पतालहरुमा आवस्यक स्वास्थ्य सामाग्रीहरु खरिद गर्न र ब्यक्तिगत सुरक्षा सामाग्रीहरुको ब्यवस्था गर्न सत्तरी लाख अष्ट्रेलियाली डलर रकम सहयोग प्रदान गरेको थियो ।

दुईवटा प्लाण्ट जडित यो प्रणालीमा सामान्य तथा आपत्कालीन अवस्तामा विश्वसनीय रुपमा पाँच क्युविक मिजर प्रति घण्टाको दरले मेडीकल अक्सिजन उत्पादन गर्नेछ र यो अस्पतालका सबै शैय्याहरुमा, वार्डहरुमा र शल्यकृया कक्षहरुमा पाईपद्वारा प्रत्यक्ष रुपमा पुर्याईनेछ । आपत्कालीन अवस्थामा दुबै प्लाण्टको प्रयोगले अक्सिजनको उत्पादन दोब्बर गर्न पनि सकिन्छ ।

उद्घाटन कार्यक्रममा पोखरा माहानगरपालिका वडा नं १३ का अध्यक्ष तोरण बानिया, आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी र अस्पतालका निर्देशक डा अरुण कुमार बुढा लगाएतको उस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर