अस्ट्रेलियामा इन्डो-प्यासिफिक क्षेत्रका सेनापतिहरूको सम्मेलन हुँदै, नेपालका प्रधानसेनापति पनि सहभागी हुने

अस्ट्रेलियामा इन्डो-प्यासिफिक क्षेत्रका सेनापतिहरूको सम्मेलन हुँदै, नेपालका प्रधानसेनापति पनि सहभागी हुने
नेपालआईज
२ साउन २०७९ २१:३२

अस्ट्रेलिया ।  प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलियामा हुने ‘एनुअल चिफ्स अफ डिफेन्स कन्फ्रेन्स’मा  सहभागी हुन  अस्ट्रेलिया आउने भएका छन् ।  सो सम्मेलनमा   इन्डो–प्यासिफिक क्षेत्रका सैनिक प्रमुखहरूको सहभागिता रहने छ ।  
साउन नौ देखि ११ गते सम्म अस्ट्रेलियाको  सिड्नीमा इण्डोप्यासिफिक क्षेत्रका सेनाहरूको  वार्षिक  सम्मेलन हुँदै छ ।  अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा सो सम्मेलन आयोजना गर्न लागेका हुन्। 
सो सम्मेलनमा सहभागी हुन मन्त्रिपरिषद्ले गत साता शर्मालाई  भ्रमणको अनुमति दिएको थियो ।  सेनापतिहरूको सम्मेलन साउन  ११ गते सकिए पनि प्रधानसेनापति शर्मा भने साउन २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर