नेपालमा मंसिर ४ गते संघीय चुनावको घोषणा

नेपालमा मंसिर ४ गते संघीय  चुनावको घोषणा
नेपालआईज
२० साउन २०७९ १:१५

काठमाडौं । सरकारले अगामी मंसिर४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार  बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाए।

प्रतिनिधी र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने भएको समेत कार्कीले बताए । 

यसअघि, बिहीबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ मै चुनाव गर्न उपयुक्त हुने सुझाव दिएको थियो।

बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने समझदारी गरेको थियो। 

यसअघि, निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने भनेपनि सो मिति मुस्लिम आयोगको सिफारिसमा सारिएको जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर