अस्ट्रेलिया-नेपाल जलश्रोत व्यवस्थापन सहकार्यको समझदारीपत्रमा हस्ताक्षर

अस्ट्रेलिया-नेपाल जलश्रोत व्यवस्थापन सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
नेपालआईज
१४ भदौ २०७९ १२:३७

नेपाल। अस्ट्रेलिया सरकार परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपाल सरकार परराष्ट्र मन्त्रालय बिचको द्विपक्षीय संयन्त्रको बैठक क्यानबेरामा मंगलबार सम्पन्न भएको छ ।

बैठकको अवसरमा अष्ट्रेलियाली परराष्ट्र मन्त्रालयका सचिव जान एडम्स र नेपाल सरकारका जल तथा उर्जा आयोग सचिवालयका सचिव दिनेशकुमार घिमिरेले अष्ट्रेलिया-नेपाल जलश्रोत व्यवस्थापन सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीपत्र अनुसार अष्ट्रेलियाले तालिम, प्राविधीक सहयोग र अन्तराष्ट्रिय रुपमा प्रख्यात जलस्रोत शासन विज्ञतामा सहकार्य गर्नेछ । यसले हाल अष्ट्रेलियाले अन्तराष्ट्रिय एकिकृत पर्तवीय विकास केन्द्र (ईसिमोड) संग गरिरहेको नेपाल सरकारको दिगो पुनरुत्थान, बृद्दि र रोजगारी प्रवर्धनकालागि हरित, पुनरुत्थानशील र समावेशी विकास (ग्रीड) तर्फको प्रस्थान लक्ष्य अनुरुप, सीमापार जलाधार क्षेत्र ब्यवस्थापन, जलबायु कृयाकलापको स्थानियकरण, हरित जीविकोपार्जन प्रवर्धन कार्यलाई पनि सघाउने छ ।

द्विपक्षीय संयन्त्रको बैठक अष्ट्रेलियाका तर्फबाट जीयोस्ट्रेटेजीक ग्रुप का डेपुटी सेक्रेटरी जस्टीन हेहर्श्ट र नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको सह-अध्यक्ष्यता संचालन भएको थियो । प्रतिनिधिमण्डलमा जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे, अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, सहसचिव लोकबहादुर थापा र परराष्ट्र मन्त्रालयका उपसचिव सीता बस्नेत रहेका थिए ।

  

डेपुटी सेक्रेटरी हेहर्श्टले उक्त बैठक संचालन गर्न पाउँदाको खुशी ब्यक्त गर्दै सचिब पौड्यालको नेतृत्वको नेपाली टोलीलाई अष्ट्रेलिया यात्रा गर्नुभएकोमा धन्याबाद ज्ञापन गर्नु भयो ।  मनतब्य राख्दै डेपुटी सेक्रेटरी हेहर्श्टले १२०,००० भन्दा बढी नेपालीहरुले अष्ट्रेलियालाई आफ्नो घर मानेको र यसले अष्ट्रेलिया र नेपाल बिच बलियो जनस्तरको सम्बन्ध स्थापना गरेको बताउनुभयो । स्थानिय चुनाव सफलता पूर्वक सम्पन्न भएकोमा बधाई दिंदै दुई राष्ट्रहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रजातन्त्र प्रतिको प्रतिवद्दता दोहोर्याउनुभयो । “अष्ट्रेलिया स्वतन्त्र, खुला र पुनरुत्थानशीत हिन्द-प्रशान्तको समर्थन गर्दछ र अन्तराष्ट्रिय कानुनमा आधारीत सम्बन्धहरुको स्वागत गर्दछ,” भन्नुभयो र नेपालको रणनितीक दृष्टिकोणको स्वागत गर्नुभयो ।

बैठकमा दुबै पक्षले जलबायु परिवर्तन र उर्जा चुनौतिहरु र शुन्य-उत्सर्जन लक्ष्य प्राप्ति गर्नुपर्ने आवश्यकताको चर्चा गरे । साथै नेपालका बिकासका प्राथमिकताहरु र भविष्यको सहयोगका विषयहरुमा छलफल भयो । नयाँ सहयोग कार्यक्रम अन्तर्गत डढेंलो ब्यवस्थापन, खोजी तथा उद्दार कार्यहरु लगायतमा अष्ट्रेलियाको ज्ञान तथा विशेषज्ञता आदान प्रदान गर्ने विषयमा पनि छलफल भयो ।

अष्ट्रेलिया सरकार परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपाल सरकार परराष्ट्र मन्त्रालय बिचको द्विपक्षीय संयन्त्रको स्थापना विसं २०७४ भएको हो र यस अघिको बैठक विसं २०७५ मा काठमाण्डौमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर