दुबईमा कार्यरत गुल्मीका भरतको चम्कियो भाग्य, जिते ३५ करोड रुपैयाँको चिट्टा

दुबईमा कार्यरत गुल्मीका भरतको चम्कियो भाग्य, जिते ३५ करोड रुपैयाँको चिट्टा
नेपालआईज
६ असोज २०७९ ४:२२

नेपाल । दुबईको एक  कार सफाइ गर्ने कम्पनीमा कार्यरत गुल्मीका भरत विकको मासिक तलब  ४६ हजार रुपैयाँ थियो। तर भरतको एउटा चिट्टाले भाग्य चम्किएको छ ।  भरतले  एक करोड दिराम (झन्डै नेपाली ३५ करोड) को चिट्टा जितेका छन् ।  

खलिज टाइम्सका अनुसार तीन वर्ष अगाडी दुबई गएका उनी आफ्ना २५ बर्से भाइको उपचार गर्ने उद्देश्य सहित रोजगारी गर्न गएका हुन् । उनका भाइ ब्रेन ट्युमरको समस्याबाट ग्रसित छन् । भरतका बाबु भारतमा सवारी चालकका रूपमा काम गर्छन् । बाबु र छोराको कमाई बाट भाइको उपचार चलिरहेको समाचारमा जनाइको छ ।

भरतले आफ्ना भाइको उपचार दिल्लीमा चलिरहेको र चिट्टामा प्राप्त गरेको रकमले उपचारमा सहयोग हुने बताएका छन् । युएईमा बैङ्क खाता नभएका भरतको बैङ्क खाता खोल्ने प्रक्रिया चलिरहेको महजुजका प्रमुख कार्यकारी अधिकृत फरिद सामजीले बताएको समाचारमा उल्लेख छ ।

उनको मासिक तलब १ हजार ३ सय दिराम रहेको जनाइएको छ । उनी नेपालको गुल्मी जिल्लाका बासिन्दा रहेको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर