‘प्रेम गीत–३’ शुक्रबारदेखि प्रदर्शनमा, अस्ट्रेलियाका यी सिनेमाहलहरुमा हेर्नुहोस्

‘प्रेम गीत–३’ शुक्रबारदेखि प्रदर्शनमा, अस्ट्रेलियाका यी सिनेमाहलहरुमा  हेर्नुहोस्
नेपालआईज
७ असोज २०७९ ७:३७

काठमाडौं–  ‘प्रेम गीत–३’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। चलचित्र नेपालसँगै विभिन्न देशमा एकसाथ  प्रदर्शनमा आएको हो। 

भारतसहितका केही देशमा हिन्दी भाषामा प्रदर्शन गरिएको छ। भारतका थिएटरमा नेपाली सिनेमा हिन्दीमा डबिङ भएर रिलिज भएको यो नै पहिलो चलचित्र हो।

नेपालमा भने हाल नेपाली संस्करण मात्रै प्रदर्शनमा आएको छ। हिन्दी संस्करण केही दिनमा प्रदर्शनमा आउने निर्माता एवं निर्देशक सन्तोष सेनले जानकारी दिए। ‘प्रेम गीत–३’ विश्वभरका १२ सय थिएटरमा एकसाथ प्रदर्शनमा आएको सनेले दाबी गरे। भारतमा मात्र ५ सयभन्दा धेरै हलमा रिलिज भएको निर्माण पक्षको दाबी छ। 

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन्। 

अस्ट्रेलियामा कहाँ र कहिले हेर्ने

अस्ट्रेलियाका सबै राज्य र टेरिटोरिका सिनेमाहलरुमा एकैसाथ प्रदर्शन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर