सन्दीपले भने – झुट्टा जाहेरीले म बिरामी अवस्थाबाट गुज्रिन पर्यो

सन्दीपले  भने –  झुट्टा जाहेरीले म बिरामी अवस्थाबाट गुज्रिन पर्यो
नेपालआईज
९ असोज २०७९ २०:३२

काठमाडौं – नाबालिका बलात्कार गरेको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले झुट्टा जाहेरी प्रपञ्चको डटेर कानुनी लडाइ लड्ने बताएका छन्। प्रहरीको खोजीमा रहेका सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो लेखेका हुन् । 

उनले  अहिले आफू मानसिकरुपमा विक्षिप्त र अस्वस्थ समेत रहेकाले हाल स्वास्थ्यमा क्रमिक सुधार आउँदै गएकाले जति सक्दो चाँडो नेपाल फर्किएर आफू विरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने बताएका छन्।उनले आफू रहेको स्थान भने उनले खुलाएका छैनन् ।

सन्दीपले कसुर प्रमाणित नभइकन आफूलाई अपराधीका रुपमा चित्रण गरिएकोमा गुनासोसमेत गरेका छन् । उनले आफूविरुद्ध अफवाह समाचार समाचारहरु सम्प्रेषण नगरी दिन भनेका छन् । सन्दीपले राष्ट्रको लागि दीलो ज्यानले इमानदार भएर  खेलेको आफूलाई आज एउटा गम्भिर षड्यन्त्रको सिकार भएको महसुस भएको उल्लेख गरेका छन्। 

सन्दीपको पुरा भनाई यहाँ हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर