काठमाडौं- विश्वविख्यात पर्वतारोही तथा स्की आरोही हिलारी नेल्सनको शव मनास्लु हिमालमा भेटिएको छ।
मनास्लु हिमाल आरोहणका लागि गएकी अमेरिकी आरोही नेल्सनको शव बुधवार बिहान भेटिएको स्थानीय प्रहरीले जनाएको छ।
उनी मनास्लु हिमालमा स्की गर्ने क्रममा गएको सोमबारदेखि बेपत्ता भएकी थिइन्। नेल्सन स्कीको क्रममा मनास्लुको मनाङतर्फ पर्ने भीमथाङबाट हराएकी थिइन्।
४९ वर्षकी नेल्सन विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको चुचुरोबाट स्की गर्दै तल झर्ने पहिलो महिला हुन्। उनले सन् २०१८ मा यो कीर्तिमान कायम गरेकी थिइन्।