काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएकाे छ । बुधबार दिउँसो ३ बजेर ७मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । धक्का पश्चात मानिसहरु घरबाहिर निस्केका छन् । ५ दशमलव ९ रेक्टर स्केलकाे भुकम्प गएकाे भूकम्प मापक केन्द्रका प्रमुख लाेकबिजय अधिकारीले जानकारी दिए । भूकम्पकाे केन्द्र सिन्धुपाल्चाेक आसपासका क्षेत्र रहेकाे पनि उनले जानकारी दिए ।