१ मंसिर २०७९, पर्थ : यही २६ नोभेम्बर पर्थमा हुने नेपाल फेस्टिभलमा सहभागी हुनेहरु मध्येबाट एनआरएनए वेस्टर्न अस्ट्रेलियाले ट्राभल साझेदार कान्तिपुर ट्राभल एण्ड टुर्ससँगको साझेदारीमा २ जनाका लागि नेपाल जाने हवाई टिकट निःशुल्क उपलब्ध गराउने भएको छ । एउटा टिकट १ हजार १ सय ११ डलर बराबरको हुने एनआरएनए वेस्टर्न अस्ट्रेलियाका राज्य संयोजक दीपक बस्नेतले जनाकारी दिए ।
टिकट कसरी जित्न सकिन्छ ?
नेपाल फेस्टिभल पर्थ २०२२ मा सहभागी भएर बिहान ११ देखि २ बजेसम्म स्वयंसेवकहरूबाट राफल टिकटहरू (निःशुल्क) लिनुपर्नेछ ।
सर्तहरूः
– पुरस्कार : नेपालका लागि एउटा टिकट १ हजार १ सय ११ डलर बराबरको २ टिकटहरू छन् ।
– यदि टिकटको मूल्य १ हजार १ सय ११ डलर भन्दा बढी भए आफैले तिर्नुपर्नेछ ।
-यात्रा ३१ डिसेम्बर २०२३ अघि नेपाल गइसक्नुपर्छ ।
-यदि तपाईं बेलुका ५-६ बजेभित्र घोषणाको समयमा पुरस्कार सङ्कलन गर्न महोत्सवमा व्यक्तिगत रूपमा उपस्थित हुनुहुन्न भने, महोत्सवमा उपस्थित हुने अर्को विजेता छनोट गर्न पुनः लक्की ड्र हुनेछ ।