अष्ट्रेलियामा बसेका ‘नक्कली डाक्टर’ अभिषेकको डिजिटल प्रेमजालमा हजारौँ महिला फसे!

अष्ट्रेलियामा बसेका ‘नक्कली डाक्टर’ अभिषेकको डिजिटल प्रेमजालमा हजारौँ महिला फसे!
पर्थ
१५ असार २०८२ १०:३४

अष्ट्रेलिया । प्रविधिले सुविधा त दियो, तर मौलिकता बिर्सँदा जीवनभरको कमाइ पनि खेर जान सक्छ ! यो घटना त्यसको ज्वलन्त उदाहरण हो। सामाजिक सञ्जाल र वैवाहिक वेबसाइटहरू आजको युगमा ‘जोडी मिलाइदिने’का नाममा फस्टाएका छन्। हाम्रो नेपाली समुदायमै पनि यस्ता पोस्टहरू दैनिक देखिन्छन् , कोही आफ्ना साथीका लागि जोडी खोज्दै, कोही आफैलाई परिचय गराउँदै। कतिपय साँचो प्रेमको सेतु बन्नेछन्, तर त्यही माध्यमको दुरुपयोग गर्दा जीवनको सपनासँगै सम्पत्ति पनि गुम्ने खतरा देखिएको छ।

 अष्ट्रेलियाको पर्थमा  बस्ने नक्कली  डाक्टर  अभिषेक शुक्लाले यस्तै प्रविधिमै भर पारेका महिलालाई लक्ष्य बनाए। उनकाे कथा कुनै चलचित्रभन्दा कम छैन।  जो अझै धेरै कमाउने लोभमा आफ्नो पूरा प्रतिष्ठा नै गुमाउँछन् , यो वास्तविकता हो।

डाक्टर बनेर प्रेमजाल, करोडौंको ठगी

अभिषेक शुक्लाले वैवाहिक वेबसाइटमा आफूलाई डा. रोहित ओबेरोइ” भनेर चिनाउँदै एक दिल्लीकी महिलासँग सम्पर्क गरे। ती महिला हाल पुणेको खराडीमा बस्छिन्। दुई वर्षको अन्तरंग सम्बन्धपछि व्यवसाय विस्तारको नाममा उनले महिलालाई क्रमशः ३.६ करोड रुपैयाँ (AUD ६.५४ लाख) ट्रान्सफर गराउन लगाए।

शुक्लाले काल्पनिक पात्रहरू इभोन” र “भिन्सेन्ट कुआन” सिंगापुरका साथी भनेर प्रस्तुत गर्दै, महिला विश्वास जिते। पछिल्लो चरणमा उनले आफूलाई मुखको क्यान्सर भएको बहाना बनाएर सम्पर्क टुटाए। अन्ततः २०२४ मा ‘भिन्सेन्ट’को इमेलमार्फत आफू मरेको घोषणा गराए।

प्रविधिबाट खुल्यो पर्दाफास

पीडित महिलाले शंका गरेपछि पुणे साइबर प्रहरीले अनुसन्धान सुरु गर्‍यो। “डा. ओबेरोइ” को प्रविधिमार्फत ट्रेस गर्दा वास्तविक पहिचान लखनउका अभिषेक शुक्ला रहेको खुल्यो। २५ जुन २०२५ मा उनी सिंगापुरबाट भारत आउँदै गर्दा मुम्बई विमानस्थलमा पक्राउ परेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । 

३ हजार  महिलासँग सम्पर्क !

प्रहरी अनुसन्धानअनुसार शुक्लाले यस्ता फेक प्रोफाइलमार्फत करिब ३ हजार महिलासँग सम्पर्क गरिसकेका थिए। अन्य पीडितहरू पनि हुनसक्ने आशंकामा अनुसन्धान विस्तार गरिएको छ। 

भारतमा पक्राउ अभिषाेक । फोटो स्क्रिनसट 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर