अष्ट्रेलियाली दूतावासद्वारा महिला जलवायु योद्धा पुरस्कार प्रदान

अष्ट्रेलियाली दूतावासद्वारा महिला जलवायु योद्धा पुरस्कार प्रदान
नेपालआईज
१९ मंसिर २०७९ ७:२१

१९ मंसिर २०७९, काठमाडौँ: नेपालका लागि अष्ट्रेलियाका राजदूत महामहिम फेलिसिटी भोल्कले अष्ट्रेलियाली दूतावासको आर्थिक सहयोगमा सञ्चालित ‘वुमन क्लाइमेट वारियर्स–मिडिया ट्रेनिङ एण्ड ग्रान्ट्स प्रोग्राम’ (महिला जलवायु योद्धा–मिडिया तालिम र अनुदान कार्यक्रम) मा सहभागी ८ जना महिला पत्रकारलाई डिसेम्बर २ का दिन प्रशंसा पत्र हस्तान्तरण गर्नुभयो ।

यो कार्यक्रम उदीयमान महिला पत्रकारहरूलाई डकुमेन्ट्री फिल्म निर्माण सीप विकास गर्न र जलवायु परिवर्तनले उनीहरूको जीवन र जीविकोपार्जनमा महत्त्वपूर्ण प्रभाव पारिरहेको नेपालभरका महिलाहरूको दुर्दशातर्फ ध्यानाकर्षण गर्न सहयोग गर्न सुरु गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भोल्कले भन्नुभयोे, “अष्ट्रेलिया जलवायु परिवर्तन सम्बन्धी महत्वाकांक्षी र व्यावहारिक कार्यका लागि प्रतिबद्ध छ । हामीले घर, क्षेत्र र विश्वव्यापी रूपमा महत्त्वपूर्ण कदमहरू चालिरहेका छौं । विश्वको सबैभन्दा ठूलो चुनौतीको सामना गर्न महिलाहरू छलफल र बहसको केन्द्रमा हुनु अत्यावश्यक छ भन्ने हामीले बुझेका छौं ।”

उनले भनिन्, “मलाई आशा छ कि यी छोटो वृत्तचित्रहरूले जलवायु परिवर्तनका परिणामहरूबाट प्रभावित महिला र केटीहरू लगायत सबैभन्दा जोखिममा परेका वर्गहरुलाई विविध तरिकाहरुद्वारा धेरै क्षेत्रहरुमा आवश्यक ध्यान पु¥याउनेछन् ।”

राजदूत भोल्कले छ महिनाको अवधिमा कडा परिश्रम र समर्पणका लागि आठ सहभागीहरूलाई बधाई दिइन् । उनले तीन उत्कृष्ट वृत्तचित्र फिल्म निर्माताहरूलाई उनीहरूको छोटो फिल्म – “द प्राइस अफ थस्र्ट”, “लिभ्स फ्लोज इन द रिभर“ र “सन्तोषी“ को लागि थप अनुदान पनि प्रदान गरिन् ।

यो पहल मानव अधिकार चलचित्र केन्द्रद्वारा कथा विकास, छायांकन, ध्वनि र डकुमेन्ट्री फिल्म निर्माण जस्ता क्षेत्रमा अनलाइन र व्यक्तिगत प्रशिक्षण र मार्गदर्शन मार्फत भएको थियो । यसमा पत्रकारहरूलाई जलवायु परिवर्तनको प्राविधिक ज्ञानमा सुधार गर्न सहयोग पनि समावेश भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर