नेपालमा पुष्पकमल दाहाल प्रधानमन्त्री, रवि लामिछाने बने उपप्रधान तथा गृहमन्त्री

नेपालमा पुष्पकमल दाहाल प्रधानमन्त्री, रवि लामिछाने बने उपप्रधान तथा गृहमन्त्री
नेपालआईज
११ पुष २०७९ १२:१०

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री दाहालले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

सोमवार गठन भएको मन्त्री मण्डलमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने उपप्रधानमन्त्री रहेका छन् । जसमा पौडेलले अर्थ मन्त्रालय, श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालय र लामिछानेले गृह मन्त्रालय सम्हाल्ने भएकाछन् ।

मन्त्रीहरु ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले आज प्रधामन्त्री र उपप्रधानमन्त्रीहरुसँगै शपथ ग्रहण गरे पनि उनीहरुको जिम्मेवारीको बाडँफाँट भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर