Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलिया निवासी चित्रकार शिल्पी साहले गरिन् मिथिला–मण्डला आर्ट शो
नेपालआईज
२७ पुष २०७९ १०:१४
नेपाल । अस्ट्रेलिया निवासी चित्रकार शिल्पी साह गुप्ताले जनकपुरधाममा मिथिला–मण्डला फ्युजन आर्ट शो गरेकी छन् । फूलवारी नेपाल जनकपुरधामको आयोजनामा भएको शोमा मिथिला चित्रकला र मण्डला चित्रकलाको फ्युजनसहितका पेन्टिङ्गहरू प्रदर्शनी गरिएको हो ।
फूलवारी नेपाल जनकपुरधामकी अध्यक्षसमेत रहेकी अस्ट्रेलियानिवासी मण्डला चित्रकार शिल्पीले जनकपुरधाममा केही दिनको बसाइँमा मिथिला आर्ट सिकेर आफ्नो चित्रकलाको प्रदर्शनी गरेकी हुन् । चित्रहरूको अवलोकन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले मिथिला आर्टमा थपिएको यो आधुनिक कलाले यसको बजार विस्तार हुने विश्वास गरे ।
फूलवारी नेपालकी अध्यक्ष शिल्पीले प्रस्तुत आर्टलाई आफू अमेरिका, अस्ट्रेलियासहित विदेशमा बजारिकरण गर्ने र मिथिला पेन्टिङ्गलाई थप आकर्षक बनाउने प्रतिबद्धता जनाइन् । कलाकार शिल्पी जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साहकी पनि सुपुत्री हुन् ।
प्रदर्शनीमा पूर्वमेयर साहले छोरीले मिथिला कलाको विकास विस्तार र हितका लागि गरेको नयाँ प्रयासको प्रशंसा गरे । उनले आधुनिक युगमा मिथिला–मण्डला फयुजनसहितको आर्टको बजार राम्रो रहेको बताए ।
प्रदर्शनीमा जनकपुरधामका मिथिला चित्रकारहरू, नागरिक समाजका अगुवाहरूलगायतको उपस्थिति थियो । अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी शिल्पी क्लिनिकल न्यूट्रिशनिष्टसमेत हुन् ।