नेपाल -कास्कीको पोखरा विमानस्थलमा नजिकै यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटनाबारे सूचना आएको तथा अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न निर्देशन दिएको बताए ।जहाजमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित ७२ जना सवार थिए।