अमेरिकी आर्मी भन्दै ठगी गर्ने दुई जना पक्राउ

अमेरिकी आर्मी भन्दै ठगी गर्ने दुई जना पक्राउ
नेपालआईज
६ माघ २०७९ २:२५

नेपाल । अमेरिकी आर्मी भन्दै फेसबुकमार्फत् ठगी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । सर्वसाधारणलाई ठगी गर्ने भारत दार्जलिङको खारीबारीका ४० वर्षीय मोहम्मद हाकिम र झापा मेचीनगर नगरपालिका–८ की ३७ वर्षीय बिममाया मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगरबाट पक्राउ परेका उनीहरूले आफूहरू सिरियामा कार्यरत अमेरिकन आर्मी भन्दै फेसबुक म्यासेजन्सरमा पीडितहरूसँग सम्पर्क बनाएका थिए ।

अभियुक्तहरूले अनलाइन मोबाइल बैंकिङमार्फत् पीडितहरूलाई विभिन्न बैंक खाताहरूमा रकम पठाउन लगाएका थिए । प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्यमसम्बद्ध ठगीअन्तर्गतको कसुरमा पक्राउ गरी उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर