नेपाल । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ । सोमबार गृहमन्त्रालयमा राजदूत भोल्कले उपप्रधानमन्त्री लामिछानेसँग भेट गर्नुभएको हो ।
भेटमा दुई पक्षीय हितका विविध विषयमा छलफल भएको छ । अन्तर्राष्ट्रिय अपराध तथा मानव बेचबिखनविरुद्धको रणनीति, वन डढेलोसहितका विपद् जोखिम न्यूनीकरणलगायत साझा चासोका विषयहरूमा उहाँहरूबीच छलफल भएको अस्ट्रेलियन राजदूतावासले जनाएको छ ।