नेपाल । क्यानडियन नागरिक ९ किलो सुनसहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित क्यानेडियन नागरिक मोहम्मद कमल माहगोब पक्राउ परेका हुन् ।
दुबईबाट सुन लिएर आएका उनलाई विमानस्थलमा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले बुधबार राति माहगोबलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनी फ्लाई दुबईको एफ–२५७३ विमानमार्फत् नेपाल आएका थिए ।