नेपाल । नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । निगमले पहिलो चरणमा ई–सेवाबाट आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने व्यवस्था मिलाएको हो ।
‘नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्ण रूपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छु’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने निगमले जनाएको छ ।