अमेरिकामा बस्ने नेपालीको प्रोफाइल ह्याक गरी ठगी

अमेरिकामा बस्ने नेपालीको प्रोफाइल ह्याक गरी ठगी
नेपालआईज
२८ माघ २०७९ १७:००

नेपाल । अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाइल ह्याक गरी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१९ लामाचौरका २३ वर्षीय आशिष परियारलाई पक्राउ गरेको हो । उनले प्राविधिक सबुत, प्रमाण र ह्यूमन इन्टेलिजेन्सका आधारमा प्रोफाइल ह्याक गरेको प्रहरीले जनाएको छ ।

ह्याक गरिएको प्रोफाइल मार्फत सहयोग गर्ने भनेर विभिन्न बहाना बनाई डिजिटल वालेटहरूमा रकम पठाउन लगाई एक पीडितको ५० हजार रूपैयाँ ठगी गरेको उनीमाथि आरोप छ ।

उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर