पर्थका कृष्णमान सहितका कलाकारको लोकगीत ‘दरमखोला’ म्युजिक भिडियो सार्वजनिक

पर्थका कृष्णमान सहितका कलाकारको लोकगीत ‘दरमखोला’ म्युजिक भिडियो सार्वजनिक
नेपालआईज
२ फागुन २०७९ ९:१२

नेपाल । लोकगीत ‘दरमखोला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मौलिक ठाडो भाकामा आधारित म्युजिक भिडियोमा गायक वसन्त थापा र गायिका देवी घर्ती मगरको स्वर रहेको रहेको छ ।

गीतका रचनाकार प्रह्लाद सुवेदी, सङ्गीतकार पनि गायक थापा छन् । म्युजिक भिडियोमा गरिएको नृत्य र अभिनयले गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो । पर्थका चर्चित व्यवसायी तथा समाजसेवी कृष्णमान श्रेष्ठ पनि यो म्युजिक भिडियोमा कलाकारको रूपमा देखिएका छन्।

यो म्युजिक भिडियो ‘वसन्त थापा’ युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर