सिड्‍नीमा चर्चित मास्टर सेफ सन्तोष साहले २० प्रकारका परिकार चखाउने !

सिड्‍नीमा चर्चित मास्टर सेफ सन्तोष साहले  २० प्रकारका परिकार चखाउने !
नेपालआईज
४ फागुन २०७९ १६:३९

नेपाल । अस्ट्रेलियाको सिड्नीमा ‘नेपाली फुड फेस्टिभल’ हुने भएको छ । अष्ट्रेलियास्थित अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेज (एपीआईसी) को आयोजना र प्याशिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमी मैतीदेवीको संयोजनमा नेपाली फुड फेस्टिभल हुन लागेको हो ।

नेपाली खानाको प्रबद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागेको अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेजका निर्देशक गणेश केसीले बुधबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । उहाँले महोत्सवले अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको प्रचार प्रसारमा सहयोग पुग्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा चर्चित मास्टर सेफ सन्तोष साहको मेनुमा नेपाली खानाका परिकारहरू खुवाइनेछ । पत्रकार सम्मेलनमा मास्टर सेफ साहले नेपालीहरूले विदेशमा गएर पनि नेपाली परिकार खान पाउनुपर्ने मान्यताका साथ यो महोत्सव गरेको बताउनुभयो ।

महोत्सवमा पाँच दिनमा दुई सय पचास जनालाई नेपाली खाना खुवाउने पनि सेफ साहले जानकारी दिनुभयो । २० प्रकारका परिकार रहने खानाको प्रतिव्यक्ति अष्ट्रेलियन डलर १८० देखि २०० तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर