एकैपटक ५ सय ५५ वटा मादल बजाएर नेपाली सेनाद्वारा विश्व कीर्तिमान कायम

एकैपटक ५ सय ५५ वटा मादल बजाएर नेपाली सेनाद्वारा विश्व कीर्तिमान कायम
नेपालआईज
६ फागुन २०७९ १६:५७

नेपाल । नेपाली सेनाले एकैपटक ५ सय ५५ वटा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।सेनाले संगठन स्थापनाको दुई सय ६० औँ वार्षिकोत्सवको अवसरमा टुँडिखेलमा यही फागुन ४ गते ५ सय ५५ वटा मादल बजाएर विश्व रेकर्ड कायम गरेको हो ।

शनिबार सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको समारोहमा गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधि सागर कटुवालले प्रधानसेनापति प्रभुराम शर्मालाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

कटुवालले मुलुकभरबाट आएका सेनाका मादल बादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर