नेपाल । भिसाको अवधि सकिएर पनि अनाधिकृत रूपमा बस्दै आएका एक सय ९१ विदेशीलाई नेपाल सरकारले फिर्ता पठाइदिएको छ । अनधिकृत रूपमा बस्ने विदेशी नागरिकहरूलाई सरकारले जरिवानासहितका शुल्क छुट दिएर देश निकाला गरेको हो ।
सरकारले चालू आर्थिक वर्षको पछिल्लो तीन महिना अर्थात् कात्तिकदेखि पुषसम्ममा एक सय ९१ जनालाई फिर्ता पठाइदिएको छ । नेपालबाट निकाला गरिएकामध्ये अधिकांश चिनियाँ नागरिक छन् ।
८५ चिनियाँ, १० पाकिस्तानी, १२ बेलायती, १२ अमेरिकन, ९ उच्बेकिस्तानीलगायत विभिन्न देशका नागरिकलाई आ–आफ्नो देश फिर्ता पठाइदिएको अध्यागमन विभागले जनाएको छ ।
गैरकानुनी रूपमा नेपालमा बसिरहेका तथा विभिन्न अपराधका कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ ।