नेपाल । नेपाल एयरलाइन्सले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्न प्रक्रिया अगाडि बढाइएको नेपाल वायु सेवा निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभएको हो ।
यो प्रक्रियाअन्तर्गत सेफ्टी अडिट गर्न समिति पनि गठन गरिएको हो । निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरुप दक्षिण कोरिया सिधा उडानको तयारी सुरु गरेको हो ।
हाल निगमले भारतका तीन र आठ देशका १० स्थानमा उडान भर्दै आएको छ ।