इतिहास रच्दै महिला: नेपाल एयरलाईन्सको विमान दुवईवाट महिलाले उडाएर काठमाडौं अवतरण गराए !

इतिहास रच्दै महिला: नेपाल  एयरलाईन्सको विमान दुवईवाट महिलाले उडाएर काठमाडौं अवतरण गराए !
नेपालआईज
२४ फागुन २०७९ ८:४९


नेपाल – नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक सम्पूर्ण महिला चालकदलका सदस्यहरुले अन्तर्राष्ट्रिय उडान गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसमा निगमको (नेपाल एयरलाइन्स) उडान नम्बर आर.ए. २३० दुवई – काठमाडौं उडान सम्पूर्ण महिला चालकदलका सदस्यहरु (ककपिट क्रु र क्याविन क्रु) को टिमले विमान काठमाडौंमा बुधबार सुरक्षित अवतरण गरेको निगमले जनाएको छ।

पाइलट भावना गिरी पन्त र कोपाइलट श्रृजना राउत रहेका थिए । आइएफएस बास्ना राना, फ्लाईट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता के.सी. र अनिशा प्रजापति रहेका थिए । यूएईबाट काठमाडौंका लागि बुधबार बिहान ४ बजेर ५५ मिनेटमा उडेको उक्त जहाजमा सबै क्रू मेम्बर महिला रहेको निगमले जानकारी गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान चालकदलका सदस्यहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती तथा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत गरे । हाल निगममा कुल ९ जना महिला पाइलट रहेकामा १ जना ए३३०, ४ जना ए३२० र ४ जना आन्तरिक उडानका विमानमा कार्यरत रहेका छन् । यसैगरी निगममा कार्यरत १४५ क्याविन क्रू मध्ये ९६ जना महिला क्याविन क्रू रहेका छन् । यसअघि नेपाल वायुसेवा निगमको विमानबाट फागुन २१ मा पहिलो पटक पाइलट भावना गिरी पन्त र को- पाइलट श्रृजना रावत, दुई महिला पाइलटले ककपिट सम्हालेर काठमाडौं दुबई सरक्षित उडान गरेर निगमकै इतिहासमा दुई महिला पाइलटहरुले अन्तर्राष्ट्रिय उडान गरेको निगमले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर