उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ
नेपालआईज
६ चैत २०७९ ७:०३

नेपाल । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराउनुभएको हो ।

गत चैत ३ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी हुनुभएको थियो ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वराष्ट्रपति डा‍‍. रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर