नेपाल । नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १४२ कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १० लाख १३ सय ६९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १६३ छ । मन्त्रालयका अनुसार ४ आज जना डिस्चार्ज भएसँगै घर फर्किनेको कुल संख्या ९ लाख ८९ हजार १ सय ८६ छ ।
पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । हालसम्म मृत्यु हुनेको संख्या १२ हजार २० रहेको मन्त्रालयले जनाएको छ ।