रास्वपाबाट लामिछाने, वाग्ले र खरेललाई टिकट

रास्वपाबाट लामिछाने, वाग्ले र खरेललाई टिकट
नेपालआईज
१८ चैत २०७९ ११:५४

नेपाल । प्रतिनिधिसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जनालाई उम्मेदवार बनाएकाे छ ।

आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी चितवनमा २ का लागि रवि लामिछाने, बारा २ का लागि रमेश खरेल र तनहुँ २ का लागि डा. स्वर्णिम वाग्लेलाई पार्टीको तर्फबाट उम्मेदवारको टिकट दिइएको हो ।

त्यसक्रममा पार्टी सभापति लामिछानेले खरेल र वाग्लेजस्ता व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमा अटाउनु गौरवको कुरा भएको बताउनुभयो । उहाँले यस्ता विज्ञ, अनुभवी र क्षमता प्रमाणित भइसकेका व्यक्तिहरूले चित्त दुखाउनु, मनमनै आँशु झार्नु भनेको यो माटोको लागि शुभसंकेत नभएको पनि बताउनुभयो ।

उहाँहरू जस्ता धर्तीपुत्रलाई यस पार्टीमा स्वागत गर्न पाउँदा गौरवान्वित भएको सभापति लामिछानेले बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर