नेपाल । पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान ११ घण्टा ढिलाे उडेको छ ।
शनिबार राति १२ बजेट उड्नुपर्ने नेपाल वायु सेवा निगमको आर ए २२९ उडान नम्बरको विमान आइतबार बिहान ११ बजे मात्र मात्र उडेको हो ।
यो उडानका लागि तोकिएका एक पाइलट बिरामी भएको र विकल्पमा अर्को पाइलटसमेत उपलब्ध नहुँदा उडान ११ घण्टासम्म ढिलाे हुन पुगेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी गराउनुभयो । वाइडबडी यो विमानबाट २ सय ६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए ।
उनीहरूलाई राति विभिन्न होटेलमा राखेर बिहान विमानस्थल पुर्याइएको थियो । काठमाडौँ–दुबई–काठमाडौँको उडान रद्द हुँदा दुवैतर्फ करिब ५ सय ४३ यात्रु जना अलपत्र परेका थिए । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा निगमकै खर्चमा होटलमा राखिएको थियो ।