नेपाल । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूलाई पर्यटकसँग राम्रो व्यवहार र सत्कार गर्न निर्देशन दिनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षणका क्रममा यस्तो निर्देशन दिनुभएको हो । उहाँले विमानस्थलमा श्रमिकलाई सम्मानजनक व्यवहार गर्न पनि मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो ।
सेवाग्राहीसँग अन्तरक्रिया गर्दै उहाँले अन्तरसम्बन्धित निकायको संयुक्त बैठकलाई आवश्यक निर्देशन दिनुभएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले सेवा प्रवाहको अवस्थिति, सेवाग्राहीले भोग्ने गरेका दुःख र हैरानी, लगेजको सुरक्षाको प्रश्न, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘अपराध र अपराधी’ नियन्त्रणमा शून्य सहनशीलता, डिजिटलाईजेसनलगायतका विषयमा चासो राख्नुभएको थियो ।
उहाँले तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिनभित्र पेश गर्नसमेत निर्देशन दिनुभएको थियो ।