अडियो सार्वजनिक प्रकरणमा रास्वपाले माग्यो माफी

अडियो सार्वजनिक प्रकरणमा रास्वपाले माग्यो माफी
नेपालआईज
२७ चैत २०७९ ११:४६

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ ।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी माग्नुभएको हो । उहाँले सो प्रकरणले प्रतिनिधिसभा सदस्यहरूको सम्मानमा चोट परेको भन्दै माफी माग्नुभयो ।

उहाँले छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर