पछिल्लाे आठ महिनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि

पछिल्लाे आठ महिनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि
नेपालआईज
२८ चैत २०७९ १०:०८

नेपाल । नेपालमा पछिल्लाे आठ महिनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको तथ्यांकमा रेमिट्यान्स आप्रवाह बढेको देखिएको हो ।

यस अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १.३ प्रतिशतले घटेको थियो । त्यस्तै, यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भएको छ ।

यसरी श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५१ हजार ७६१ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४०.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २३.९ प्रतिशतले वृद्धि भई ८ खर्ब ७६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.६ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा फागुन महिनामा मात्र विदेशबाट १ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपालबाट वैदेशिक रोजगारीका लागि युवाहरू विदेशीने क्रम बढेपछि रेमिट्यान्स आप्रवाहसमेत बढेको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर