विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति विभूषित

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति विभूषित
नेपालआईज
१ वैशाख २०८० १२:११

नेपाल । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषित भएका छन् ।

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा विभूषित गरिएको हो ।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।

आ–आफ्नो क्षेत्रबाट योगदान गरेका ९ सय ८२ जनालाई विभूषण प्रदान भएको हो । जसमा नेपाल रत्नबाट पूर्वप्रधानमन्त्री सुशील कोइराला मरोणोपरान्त सम्मानित हुनुभएको छ । राष्ट्र गौरवबाट दिवंगत नेता जीवराज आश्रित, शताब्दी पुरुष सत्यमोहन जोशीलाई मुलुकले कदर गरेको छ ।

यसैगरी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी यही पदकबाट विभूषित हुनुभएको छ । संविधान दिवस अर्थात गत असोज ३ गते विभूषण पाउनेको नाम सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर