नेपाल । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले नेपालका केही नेताहरूको नागरिकता छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिनुभएको छ ।
पाैडेलले स्वर्णिम वाग्ले, राजेन्द्र महतो, सरिता गिरी, सुजात कोइराला रेणु दाहाल, मिनेन्द्र रिजाललगायतका नेताहरूको नागरिकता छानबिन गर्न आग्रह गर्नुभएको हो ।
यिनीहरूका नागरिकताका विषयमा प्रश्न उठेकाले आवश्यक छानबिनको माग गरिएको हो । पौडेलले उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गरी नेपाली नेताहरूसँग भएको विदेशी ग्रिन कार्ड एवं नागरिकताको छानबिन गर्न पनि मन्त्रालयसमक्ष माग गर्नुभएको छ ।