नेपाल । बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार यादवले १० हजार १९९ मत ल्याएका छन् ।
त्यस्तै, जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ८०६ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ११ तथा रास्वपाका उम्मेदवार रमेश खरेलले १४५१ मत पाएका छन् ।