आगलागीमा परी घाइते भएका कांग्रेस सांसद भण्डारी स्वदेश फर्किए

आगलागीमा परी घाइते भएका  कांग्रेस सांसद भण्डारी स्वदेश फर्किए
नेपालआईज
१७ वैशाख २०८० १४:५७

नेपाल। आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् । गत फागुन ३ गते राति काठमाडाैँको बुद्धनगरस्थित निवासमा ग्याँस लिक भएर आगालागी हुँदा उनी गम्भीर घाइते भएका थिए ।

भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किएका हुन् । उनको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गरिएको थियो । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् ।

आगलागीमा परी नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । उनकी आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । नेता भण्डारीलाई सोही दिन थप उपचारका भारत लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर