नक्कली शरणार्थी प्रकरण: सन्दीपलाई अदालतमा उपस्थित गराइयो

नक्कली शरणार्थी प्रकरण: सन्दीपलाई अदालतमा उपस्थित गराइयो
नेपालआईज
२१ वैशाख २०८० ७:५४

नेपाल। पूर्वउर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा उपस्थित गरिएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका रायमाझीलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको हो ।

उनलाई बिहीबार बिहान बुटवलबाट काठमाडौँ ल्याइएर जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए । सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको कागजपत्र बनाएर अमेरिका पठाउने आरोप लागेकाे छ ।

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर