भ्रष्टाचारविरुद्ध विभिन्न स्थानमा प्रदर्शन

भ्रष्टाचारविरुद्ध विभिन्न स्थानमा प्रदर्शन
नेपालआईज
३० वैशाख २०८० १२:२१

नेपाल । नक्कली भुटानी शरणार्थी प्रकरणका साथै भ्रष्टाचारविरुद्ध देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । काठमाडौँ, पोखरालगायत विभिन्न स्थानमा राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, युवा तथा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

काठमाडाैँमा भएको विरोध कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका नेता डा. शरदसिंह यादवलगायत नेताहरू सडकमा उत्रिएका छन् ।

शनिवार माइतीघर मण्डलामा भएको भष्टाचारविरोधी धर्ना कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले देशमा अस्थिर सरकार भएका कारण भ्रष्टाचारीमाथि कारबाही हुनेमा शङ्का गर्ने ठाउँ रहेको बताए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन् ।

शनिबार काठमाडौँको नक्शालमा नागरिक अगुवाहरूले गरेको आन्दोलनमा सभापति लामिछानेले यस्तो बताए । शरणार्थी प्रकरण तथा अन्य भ्रष्टाचारका जति पनि विषयमा निश्पक्ष छानबिन गर्नका लागि सरकारलाई आग्रह गर्दै लामिछानेले त्यस्ता काममा आफूहरूको सहयोग रहने बताए ।

नक्कली भुटानी शरणार्थी बनाएर कयौँ नेपालीलाई अमेरिका पठाउने प्रकरणमा देशका थुप्रै उच्च पदका व्याक्तिहरू प्रक्राउ परेसँगै घटनाले चर्चा पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर