अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनीलाई नेपाल भ्रमणको निम्तो

अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनीलाई नेपाल भ्रमणको निम्तो
नेपालआईज
३ जेठ २०८० ९:५७

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहालले अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्वानीजलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

दुईदिने नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्ससँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले अष्ट्रेलियाली प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

बुधबार बिहान बालुवाटारमा भएको वाट्ससँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियाली सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरे । उनले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याबारे पनि चासो राखे ।

सहायक मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको प्रशंसा गरे । उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियाली सरकार र जनताको सहयोग निरन्तर रहने विश्वास दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर