काठमाडाैँ–सिड्नी उडान सातामा दुई दिन हुने

काठमाडाैँ–सिड्नी उडान सातामा दुई दिन हुने
नेपालआईज
१० जेठ २०८० ७:११

नेपाल । नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय अर्थात् स्लट पाएको छ।

निगमलाई सातामा दुई उडानका लागि सिड्नी विमानस्थलले अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ ।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सबै विवरण बुझाएको छ। निगमले काठमाडौँबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको हो ।

यसका लागि निगमले हाल जीएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया अगाडि बढाएको छ। यसका साथै जहाजमा सवार गर्न यात्रुलाई खाजा–नास्ताका लागि समेत क्याटरिङ कम्पनी छनोट प्रक्रिया अगाडि बढाएको निगमले जनाएको छ ।

त्यस्तै, निगमले सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर