नेपालमा १६ औँ गणतन्त्र दिवस मनाइयो

नेपालमा १६ औँ गणतन्त्र दिवस मनाइयो
नेपालआईज
१५ जेठ २०८० ८:०६

नेपाल । आज १६औँ गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा पनि विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको छ । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले समारोहमा सम्बोधन गरेका थिए ।

सम्बोधनमा प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित नहुने बताएका छन् । उनले नागरिकले संविधान र कानुनमा रहेका अधिकारको प्रयोग सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो नहुने पनि बताए ।

उनले भने, ‘सबै राजनीतिक दल र नेपाली नागरिकबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी छ । लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक हो । तर महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली नागरिकको समान र अविचलित धारणा हुनसके मात्रै देशलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिन्छ । संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग नागरिकले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन ।’

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर