मेयर बालेन साहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

मेयर बालेन साहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा
नेपालआईज
२५ जेठ २०८० १०:०७

नेपाल । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् ।

भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका भू–भागसहित ‘अखण्ड भारत’ को नक्सा राख्दा नेपाल सरकार मौन बसेका बेला बालेनले त्यसलाई काउन्टर दिँदै ‘ग्रेटर नेपाल’को नक्सा राख्न लगाएका हुन् ।

महानगर स्रोतकाअनुसार उक्त नक्सा तीन दिनअघि नै आफ्नो कार्यकक्षमा राख्न लगाएर उनी पत्नीको उपचारका लागि भारत गाएका छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए । भारतबाट फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने उनको योजना छ ।

भारतले नयाँ संसद भवनभित्र ‘अखण्ड भारत’ को नक्सा राखिएको सार्वजनिक भएसँगै नेपालमा तीव्र विरोध भइरहेको छ । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुसमेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो । नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

कुनै समय नेपालको भूभाग पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको थियो । तर, अंग्रेजसँगको युद्धपछि नेपालले आफ्नो ठूलो हिस्सा जमिन गुमाउन पुग्यो । सन् १८१६ को मार्च ४ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच सुगौली सन्धी भएको थियो, जसले नेपालको भूभाग मेची–महाकालीमा खुम्च्याइदिएको छ ।

भारतबाट अंग्रेज फिर्ता भएपछि नेपालले पनि आफ्नो गुमेको भूमी स्वतः फिर्ता पाउनुपर्ने थियो । तर, तत्कालीन समयमा नेपालले बलियो पहल गर्न नसक्दा मेचीदेखि टिस्टा र महाकालीदेखि सतलजसम्मका भूभाग भारतमै स्थायीरूपमा गाभिन गाभिएको छ । भारतले ती जमिन नेपाललाई फिर्ता गर्नुपर्ने आवाज अहिले पनि उठ्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर