नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौँमा भएको कार्यक्रममा सभापति लामिछानेले २०८४ को निर्वाचनमा रास्वपालाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।
उनले पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउन आवश्यक परेका बेला पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
जान्नेलाई छान्ने काम गरिए मात्र राम्रा मानिस पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गराउने उनले बताए ।