प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन 

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन 
नेपालआईज
२७ असार २०८० ९:०९

नेपाल। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् ।

६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएससी) भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर