प्रधानमन्त्रीको तस्बिर जोडेर नक्कली भारतीय कागजात बनाउने व्यक्ति पक्राउ

प्रधानमन्त्रीको तस्बिर जोडेर नक्कली भारतीय कागजात बनाउने व्यक्ति पक्राउ
नेपालआईज
३१ असार २०८० १७:२५

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहालको नक्कली भारतीय आधार कार्डसहित बनाएर भ्रम फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार टाइगर रानामागर भनिने शेरबहादुर रानामगरलाई बुटवलको सुख्खानगरबाट पक्राउ गरेको हो ।

‘फोटोसप’ गरी प्रधानमन्त्री तस्बिर जोडेर भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा सेयर गरेको उनीमाथि आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर