Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलिय । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क र बीबीसी मास्टरशेफ: द प्रोफेशनल्स रिम्याच २०२१ का विजेता शेफ सन्तोष शाहले संयुक्त रूपमा प्रमाणपत्र वितरण गरेका छन् ।
भोल्क र शाहले दिदी फाउन्डेसन नेपालद्वारा आयोजित व्यावसायिक खाना पकाउने तालिमका सहभागीहरूलाई मंगलबार प्रमाणपत्र प्रदान गरेका हुन् ।
अस्ट्रेलियन दूतावासले दिदी फाउन्डेसनलाई आफ्नो खाना पकाउने तालिम केन्द्र स्थापना गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक प्रशिक्षण परिषद् (सीटीईभीटी) को पाठ्यक्रममा आधारित व्यावसायिक खाना पकाउने ३९० घण्टाको पाठ्यक्रम प्रदान गर्न सहयोग गरेको छ।
तालिममा विद्यार्थीहरूको पहिलो समूहमा पिछडिएका समुदायका १५ महिला थिए। कार्यक्रममा शेफ शाहले आफ्नो सफलताको कथा सुनाउनुका साथै उनले प्रत्येक व्यक्तिमा छुट्टै प्रतिभा हुने गरेको तथा उनीहरूले आफ्नो क्षमता पत्ता लगाएर अघि बढ्नुपर्ने बताए ।
राजदूत भोल्कले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै दिदी फाउन्डेसनलाई सबै समुदायका महिलाहरूका लागि रोजगारी, जीविकोपार्जन र उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्घाटन तालिम कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिइन् ।