रोजगारीमा विदेश जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्रको आग्रह (एडभाइजरीसहित)

रोजगारीमा विदेश जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्रको  आग्रह (एडभाइजरीसहित)
नेपालआईज
१२ साउन २०८० १७:२९

नेपाल । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारी पाउने प्रलाेभनमा परी थाइल्याण्ड हुँदै म्यानमारमा पुगेका नेपालीहरूलाई बन्धक बनाई अबैध काममा लगाइएकाे घटना सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले शुक्रबार ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे राम्ररी बझ्न पनि आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा नेपालीहरूलाई अबैध ढंगले लगेर बन्धक बनाइएको सूचना आएको जनाएको छ ।

मन्त्रालयले समस्यामा परेका नेपालीहरूमध्ये केहीको उद्धार भइसकेको र थप नेपाली नागरिकहरूको उद्धारको प्रयास भइरहेको पनि जनाएको छ । मन्त्रालयले समस्यामा परेकालाई सम्पर्क गर्न भन्दै ईमेल/नम्बर पनि सार्वजनिक गरेको छ ।

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलबको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको मन्त्रालयको भनाइ छ । तर त्यहाँ लगेपछि तलब तथा सुविधा नदिइएको जानकारी प्राप्त भएको मन्त्रालयको सूचनामा भनिएको छ ।

यस्तो प्रलोभनमा परी आउने नेपालीहरूलाई गैरकानूनी रूपमा थाइल्यान्डबाट स्थल मार्ग हुँदै म्यानमारको कायिन क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२ देखि १३ घण्टासम्म अनलाइन ठगीलगायतका गैरकानूनी काममा लगाउने गरेको मन्त्रालयले जनाएको छ ।

नेपालीहरू बन्धक बनाइएको क्षेत्र द्वन्द्वग्रस्त भएकोले उद्धार गर्नसमेत चुनौती पूर्ण रहँदै आएको जनाइएको छ । मन्त्रालयले नक्कली रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जालमा आउने गरेकाले यस्ता झूटा आश्वासनमा नपर्न नेपाली नागरिकहरूलाई अनुरोध गरेको छ ।

यस्तो छ परराष्ट्र मन्त्रालयको Travel Advisory:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर