हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश
नेपालआईज
१४ साउन २०८० १६:०२

नेपाल । सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (VAT) नलगाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले यो आदेश दिएको हो ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् आन्तरिक उडानतर्फ हवाई टिकटमा भ्याट लगाउने घोषणा गरेको थियो । जसको विरुद्धमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रिट दायर गरेको थियो ।

उक्त रिटमाथिको सुनुवाइपछि आइतबार न्यायाधीश सिन्हाको इजलासले तत्काल भ्याट नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । साथै सरकारका नाममा कारण देखाउ आदेश पनि दिएको हो । अदालतले आदेशसँगै दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर